काठमाडौं– नेपाली बजारमा असार ५ गते, शुक्रबार सुनचाँदीको मूल्यमा घटेको छ।आज सुन प्रतितोला १० हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij