
अर्थ नेपाल संवाददाता
काठमाडौं /वरिष्ट लोक गायक अमर बिरही गुरुङ यहि भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एकल साँझको लिएर आउने भएका छन्। तमु गुरुङ कलाकार संघको आयोजनामा हुन् लागेको कार्यक्रममा उनले आफ्नो जीवनमा रचना गरेका चर्चित गीतहरु प्रस्तुत गर्नेछन।
लमजुङको घनपोखरामा जन्मेका अमरले गोरखा दक्षिणबाहु चौथो, विभिन्न उच्च स्तरको राष्ट्रिय अभिनन्दन तथा विभिन्न राष्ट्रिय स्तरको लोक दोहोरि गीतहरुमा प्रथम स्थान हँसिल गरिसकेका छन् भने राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठानको संस्थापक सदस्य हुन्।
चार दशक भन्दा लामो सांगीतिक यात्रा गरेका अमरका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौँ सिंह दरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुरति लगाएत दर्जनौ गीतहरु नेपाली संगीत बजारमा लोकप्रीय रहेका छन्।
राष्ट्रिय लोक दोहोरि गीत प्रस्तिष्ठान नेपाल उपत्यका समन्वय समिति र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रीय परिषदको बिशेष सहयोगमा हुने कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रमका प्रचार प्रसार प्रमुख गणेश गुरुङले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij