२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ७१.०५ अकंले घट्यो, १५ अर्ब ३ करोडको कारोबार

नेप्से ७१.०५ अकंले घट्यो, १५ अर्ब ३ करोडको कारोबार

615
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.०५ अकंले घटेर २८७९.११ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन १३ वटै उपसूचक राताम्य हुन पुगेका छन् । आज फाइनान्स समूहको ३.३८ प्रतिशत, विकास बैंक समूहको २.८९ प्रतिशत, वाणिज्य बैंक समूहको २.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२५ प्रतिशत, हाइड्रोपावर समूहको २.२१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार १० कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २५५ कम्पनीको घटेको छ । १ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij