२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

क्युजे मोटर नेपालको ब्रान्ड एम्बेस्डरमा पारस खड्का नियुक्त

क्युजे मोटर नेपालको ब्रान्ड एम्बेस्डरमा पारस खड्का नियुक्त

215
Shares

काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का क्युजे मोटर नेपालको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्।

नेपालका लागि क्युजे मोटरको आधिकारिक वितरक ह्याम्स ग्रुपअन्तर्गतको हाइली एड्भान्स्ड मोटर्स प्रालि (ह्याम्स मोटर्स) ले खड्कालाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो।

काठमाडौंको टेकुस्थित क्युजे मोटरको सोरुममा आयोजित कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक समीर भण्डारी र पारस खड्काबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
पारस खड्कालाई ब्रान्ड एम्बेस्डरका रूपमा आबद्ध गर्न पाउँदा खुसी व्यक्त गर्दै ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारीले क्युजे मोटरले नेपाली बजारमा गुणस्तरीय र प्रिमियम दुईपांग्रे सवारीसाधन उपलब्ध गराउँदै आएको बताए।

उनले क्युजे मोटरका मोटरसाइकलहरू विश्वप्रसिद्ध बेनेली ब्रान्डकै गुणस्तर र प्रिमियम विशेषतासँग मेल खाने उल्लेख गरे। नेपाली बजारमा क्युजे मोटरले पछिल्लो समय दुईपांग्रे सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै गएको उनको भनाइ थियो।

भण्डारीले पारस खड्काजस्तो नेपाली खेलकुद क्षेत्रमा स्थापित र लोकप्रिय व्यक्तित्वसँग सहकार्य गर्न पाउनु कम्पनीका लागि खुसीको विषय भएको बताए। खड्काको लोकप्रियता र विश्वसनीयताले नेपाली बजारमा क्युजे मोटरको ब्रान्ड पहिचान विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खड्काले क्यूजे मोटरसँग जोडिन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘मेरो लागि विश्वास र विश्वसनीयता खेलेको होस् वा दैनिक जीवन, हरेक क्षेत्रमा उत्तिकै महत्त्वपूर्ण छ। मलाई लाग्छ, कुनै पनि ब्रान्डले मानिसहरूमा जगाउने भरोसा र प्रदान गर्ने अनुभवबाटै आफ्नो पहिचान बनाउँछ। क्यूजे मोटरसँग आबद्ध हुन पाउँदा म अत्यन्तै खुसी छु र नेपालमा यसको आगामी यात्राको हिस्सा बन्न उत्साहित छु।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij