२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा विशेष छुट

175
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेड दरबारमार्ग, काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेड दरबारमार्गको ड्रिन्क्स एण्ड बेभरेजिजमा ७ प्रतिशत सम्मको आकर्षक छुट पाउने भएका छन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij