२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

कान्तिपुर फर्मास्युटिकल्सले आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

कान्तिपुर फर्मास्युटिकल्सले आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

225
Shares

काठमाडौं -कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आज कात्तिक १९ गते १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपन्छीका लागि आहारपूरक सप्लिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ।

यसको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा र उत्पादन कारखाना काभ्रेको पाँचखालमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij