काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३३.२९ अंकले बढेर २ हजार ६६४ बिन्दुमा कायम भएको छ। यसदिन ३४७ कम्पनीको १ करोड ९३ लाख कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
आज २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको २६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij