२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

455
Shares
सम्झौतापत्र आदानप्रदान हुँदै काठमाडौँ, १ कात्तिकः नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारी र नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाबीच आइतबार काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका लागि प्रायोजनसम्बन्धी सम्झौतापत्र आदानप्रदान हुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यही कात्तिक ९ देखि आगामी मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपिएल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij