काठमाडौं – नेपाली बजारमा असोज २९ गते, बिहीबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा २२० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij