२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

आईसीएफसी फाइनान्सको कायम मुकायम सीईओमा अमित श्रेष्ठ

आईसीएफसी फाइनान्सको कायम मुकायम सीईओमा अमित श्रेष्ठ

375
Shares

काठमाडौं -आईसीएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको ३७७औँ बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल असोज २४ गते समाप्त भएको थियो । सोही कारण नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

श्रेष्ठ यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij