काठमाडौं -नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि चार जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ ।
अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले २०८३ असोज १९ गते सूचना जारी गर्दै अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदीलाई दोस्रो चरणको मूल्याङ्कनका लागि छनोट गरिएको जनाएको छ ।
छनोटमा परेका उम्मेदवारहरूको नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम आगामी २०८३ असोज २३ गते सिंहदरबारस्थित अर्थ मन्त्रालय (सम्पर्क कोठा नम्बर ४१९) मा सञ्चालन हुनेछ ।
कार्यतालिकाअनुसार सोही दिन बिहान ७ः०० बजे अनिल राज पौडेल, बिहान ८ः०० बजे नवराज सापकोटा, साँझ ५ः३० बजे नारायण प्रसाद सापकोटा र साँझ ६ः३० बजे प्रताप सुवेदीको प्रस्तुतीकरण तथा अन्तर्वार्ता तोकिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij