२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

आज एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन

आज एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन

310
Shares

काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले असोज ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई खरिदका लागि आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड दश वर्ष अवधि रहेको छैठौँ बन्दमुखी योजना हो। योजना व्यवस्थापकका अनुसार योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिनेछ। उक्त योजनामा संकलित रकम भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र राम्रो ग्रोथ सम्भावन भएका कम्पनीहरुमा अध्ययन र अनुसन्धान गरी लगानी गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij