२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राष्ट्रिय बीमा कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

राष्ट्रिय बीमा कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

2.6K
Shares

काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मत बहादुर भण्डारीले उक्त रकमको चेक अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा कम्पनीको तर्फबाट सञ्चालक समितिका सदस्य बोलराज आचार्य, नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला, मानव संशाधन तथा आन्तरिक व्यवस्थापन विभाग प्रमुख डा. सृजना पन्त र कम्पनी सचिव कविता लामाको उपस्थिति रहेको थियो।

भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावितको उद्धार, खोजी तथा राहतका लागि कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो।

बाढीका कारण ज्यान गुमाउनेहरूप्रति कम्पनी परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बाढीबाट ठूलो धनजनको क्षति भएकाले प्रभावितको उद्धार, खोजी, राहत, सुरक्षित स्थानमा व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले कोषमा रकम योगदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले प्राकृतिक विपद्का समयमा प्रभावित समुदायको साथमा उभिनुलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij