काठमाडौं – नेको इन्सुरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३५,००,०००/ (अक्षरेपी पैंतीस लाख रुपैयाँ मात्र) सहयोग गरेको छ । कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य श्री मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत श्री गणेश लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा माननीय अर्थमन्त्रीज्यूलाई
उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले कम्पनीले उक्त सहयोग प्रदान गरेको हो ।
नेको इन्सुरेन्स लिमिटेडले आगामी दिनहरूमा समेत सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदैविपद्बाट प्रभावित समुदायको सहयोग तथा पुनःस्थापनाका विभिन्न कार्यमा आफ्नो योगदान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij