२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विपद् प्रभावित लघुवित्तका शाखा सार्न राष्ट्र बैंकको पूर्वस्वीकृति लिन नपर्ने

विपद् प्रभावित लघुवित्तका शाखा सार्न राष्ट्र बैंकको पूर्वस्वीकृति लिन नपर्ने

345
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले विपद् प्रभावित लघुवित्तका शाखा कार्यालय स्थानान्तरण/समायोजन गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति लिन नपर्ने भएको छ ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै प्रभावित लघुवित्तलाई शाखा सार्न स्वीकृति लिन नपर्ने व्यवस्था गरेको हो ।

यसरी शाखा स्थानान्तरण वा समायोजन भएको सात दिनभित्र भने राष्ट्र बैंकलाई जानकारी दिन भनिएको छ ।

“भदौ १० गतेको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त वित्तीय संस्थाका शाखा/कार्यालयबाट सेवा सुचारु गर्ने प्रयोजनका लागि यस बैंकको पूर्वस्वीकृतिबिना संस्था स्वयंले स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन्,” संशोधित व्यवस्थामा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij