काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ।
प्राप्तिपछि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम कायम भई सोही नामबाट एकीकृत कारोबार सञ्चालन हुने भएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयानुसार स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत भएको हो।
यस प्राप्तिसँगै साबिकको संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्तमा सर्नेछ र दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार अब एकीकृत रूपमा सञ्चालन हुनेछ ।
यस प्रक्रिया अन्तर्गत, आगामी मिति २०८३ भदौ २१ गते आइतबारदेखि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत वित्तीय कारोबार औपचारिक रूपमा शुभारम्भ हुने तय भएको राष्ट्र बैंकले बताएको छ ।
केन्द्रीय बैंकले यो सूचना ’बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९’ को विनियम ११ को उप–विनियम ७) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij