२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढी प्रभावित परिवारलाई केएल दुगड ग्रुपको खाद्यान्न सामग्री सहयोग

बाढी प्रभावित परिवारलाई केएल दुगड ग्रुपको खाद्यान्न सामग्री सहयोग

385
Shares

काठमाडौं – रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । ग्रुपले पहिलो चरणमा रसुवा र नुवाकोटका प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयलाई हस्तान्तरण गरेको हो ।

प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, विभिन्न मसलालगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो ।

विपद्का कारण दैनिक जीवनयापन समेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्‍याउने उद्देश्यले ग्रुपले उक्त सहयोग ग्रुपले जनाएको छ ।

दुःख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै के एल दुगड ग्रुपले यस्तो सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको हो ।

सन् १९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको एक प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना र कम्पनीहरूको समूह हो ।

यस ग्रुपले मुख्यतया खाद्य सामग्री, खाने तेल, सिमेन्ट र इलेक्ट्रोनिक्स उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ ।

ग्रुपअन्तर्गत बजारमा ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, हिमालय कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा, र लिभप्योर लगायतका प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij