२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग

355
Shares

हेटौँडा,s पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ । सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ तथा १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आवतजावत गर्न आग्रह गरेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी-देउराली हुँदै आवतजावत गर्न आग्रह गरिएको बताउनुभयो । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन नलैजान, जथाभावी ‘ओभरटेक’ नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij