२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

320
Shares

हेटौँडा। मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने भएको छ।

यही भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। गाउँपालिकाका कर्मचारीबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गरी बाढी प्रभावितलाई सहयोग गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij