२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढी पीडितका लागि बीएलसी होल्डिङ्स र बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा

बाढी पीडितका लागि बीएलसी होल्डिङ्स र बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा

385
Shares

काठमाडौं – रसुवा बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसी ग्लोबल होल्डिङ्स र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा ३ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उक्त सहयोग वास्तविक पीडित परिवारको पुनर्वासका लागि प्रभावकारी रूपमा खर्च गरिने जानकारी घोषणा उनीहरुले गरेका छन् ।

बीएलसी परिवारले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय, सामाजिक संस्था तथा अन्य सहयोगीप्रति पनि बीएलसी होल्डिङ्स र फाउण्डेसनले सम्मान व्यक्त गरेका छन् ।

उनीहरूले विपत्तिको समयमा पीडित परिवारको जीवनमा आशा र भरोसा जगाउन सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij