झापा – झापा विर्तामोडस्थित भाटभटेनी सुपरस्टोर भोलिदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।
भाट–भटेनी सुपर मार्केट प्रालिले एक सूचनामार्फत झापा विर्तामोडस्थित भाटभटेनी सुपर स्टोर भोलि भदौ १४ गते आइतबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आऊने जानकारी गराएको हो ।
सुपर स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन् ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत रहेको भाट–भटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij