काठमाडौं – रसुवाको भोटेकोसी र त्रिशूली नदीमा बुधबार आएको बाढीबाट प्रभावित भएकाहरूको राहत र पुनर्स्थापनाका निम्ति सिमेन्ट उत्पादक संघले सहयोगको घोषणा गरेको छ । संघले विज्ञप्ति जारी गर्दै ५१ लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको हो ।
संघले रसुवाको टिमुरे हुँदै भोटेकोसी तथा त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल, तटबन्धलगायत संरचनामा पुगेको क्षतिप्रति नेपाल दुःख व्यक्त गरेको छ ।
संघले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनर्स्थापनाको काम प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij