२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा

460
Shares

काठमाडौं – डिसहोमले विपद् प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपतकालीन समन्वयमा इन्टरनेट सेवाको महत्त्वपूर्ण भूमिका रहने भएकाले प्रभावित ग्राहकहरूलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने भएको हो ।

डिसहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, बट्टार, गल्छी, आदमघाट, मलेखु क्षेत्रहरूमा थप निःशुल्क सेवा उपलब्ध हुने बताइएको छ । डिसहोमले विपद्को यस कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच र आवश्यक सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण हिस्सा भएको जनाएको छ ।

कम्पनीले प्रभावित ग्राहकहरूलाई यस विषम परिस्थितिमा धैर्यधारण गर्न आग्रह गरेको छ । सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र तथा आधिकारिक ग्राहक सेवा माध्यम मार्फत सम्पर्क राख्न समेत अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij