काठमाडौं – भोटेकोशी बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भई कैयौं परिवार पीडामा रहेका बेला हस्पिटलले आफ्नो वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम राहतका लागि समर्पण गरेको हो ।
निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूबाट कम्तीमा एक दिन बराबरकोे तलब/सुविधा सहयोग गर्ने निर्णयसँगै तीज कार्यक्रमका लागि छुट्याइएको रकमसमेत जोडेर कुल ११ लाख ११ हजार १ सय ११ रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि सहयोग गरिएको हस्पिटलले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij