काठमाडौं- एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। यस संगै एभरेष्ट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड रहेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij