काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले दोस्रो विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज २ गते काठमाण्डौको चन्द्रागिरीमा रहेको ग्रीन ल्याण्ड ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको उक्त विशेष सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij