काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०५ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.०३ प्रतिशत घटेको छ भने कुल आम्दानी ४.४० प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २.२२ प्रतिशत बढेको छ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४२९ रुपैयाँ ५३ पैसा घटेर १ हजार ७१२ रुपैयाँ २७ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार ५३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij