२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम् सिमेन्ट्सको खुद नाफा ७९ करोड ८१ लाख

शिवम् सिमेन्ट्सको खुद नाफा ७९ करोड ८१ लाख

415
Shares

काठमाडौं -शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा १.७२ प्रतिशत घटेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशत घटेको छ भने कुल नाफा ७.८४ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा १९.४४ प्रतिशत बढेको छ भने कुल खर्च १३.२५ प्रतिशत घटेको छ।

५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर १४ रुपैयाँ ३ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ४४.२७ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij