२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दश सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

दश सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

855
Shares

काठमाडौँ- विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्ताको प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो । प्राधिकरणका अनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ बचतकर्ताले रकम फिर्ता पाएका छन् । बाँकी नौ सहकारी संस्थाका २३ बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको प्राधिकरणले जनाएको छ ।

बचत रकम फिर्ता गरिएका सहकारीमा सङ्कल्प बचत तथा ऋण, वीर विनायक बचत तथा ऋण, समदर्शी उपभोक्ता, पूर्वोदय बचत तथा ऋण, अर्थ बहुउद्देश्यीय, श्वेत भैरव बचत तथा ऋण, सिर्जनशील बचत तथा ऋण, ब्रिटिस गोर्खा बचत तथा ऋण, गेनबेल बचत तथा ऋण र शोभा भगवती बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

प्राधिकरणले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij