२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिथिला लघुवित्तको नाफामा २८ प्रतिशतको गिरावट

मिथिला लघुवित्तको नाफामा २८ प्रतिशतको गिरावट

390
Shares

काठमाडौं -मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । संस्थाको खुद नाफा २८.३३ प्रतिशतले घटेर ५ करोड १३ लाखमा सीमित बनेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाको खुद नाफा ७ करोड १६ लाख रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी भने १८.४६ प्रतिशतले बढेको छ । संस्थाले चौथो त्रैमाससम्ममा २४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले २० करोड ७३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाले ७ करोड ३३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कुल सञ्चालन आम्दानी २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

चौथो त्रैमाससम्म संस्थाको रिजर्भको आकार ५४.५२ प्रतिशतले बढेर १५ करोड ७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ३० करोड र कर्जा प्रवाह ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२०.०७ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६७.९३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९०.८२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.६५ गुणा र तरलता अनुपात १२.८९ प्रतिशत रहेको छ ।

संस्थाको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ९.८० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.८९ प्रतिशत पुगेको छ । अघिल्लो आवमा ५ करोड ८३ लाख रहेको संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ९ करोड ८६ लाख पुगेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड २७ लाख र लाभांश क्षमता १२.८० प्रतिशत कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij