२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नरैनापुरका एकसय महिलाहरुलाई फ्रिडम किट ब्याग्स बितरण

नरैनापुरका एकसय महिलाहरुलाई फ्रिडम किट ब्याग्स बितरण

390
Shares

नेपालगञ्ज – बास नेपालले बाँकेको नरैनापुर गाँउपालिका वडा नम्बर २ को लक्ष्मणपुरका महिला तथा किशोरीहरुलाई फ्रिडम तथा किट ब्याग्स बितरण गरेको छ ।
एफकेबी युकेको सहयोगमा बास नेपालले नेपालमा बसोबास गर्ने “महिला तथा किशोरीहरुको महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन “ कार्यक्रममा अन्र्तगत आज लक्ष्मणपुरका एक सय जना महिला तथा किशोरीहरुलाई उक्त फ्रिडम किट ब्याग्स बितरण गरिएको हो ।
पालिकाका बिभिन्न बिद्यालयहरुबाट प्रतिनिधित्व भएका किशोरीहरु र बिभिन्न आमा समुहहरु र स्वास्थ्य स्वयंसेबिकाहरुको सहभागी रहेको उक्त कार्यक्रममा फ्रिडम किट ब्याग्स परियोजनाका कार्यक्रम व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मिना घर्तीमगरले महिनावारी स्वच्छता शिक्षा दिनुका साथै फ्रिडम किट ब्याग्स ,प्रयोग बिधिवारे डेमो देखाएर सहभागीहरुलाई प्रष्ट पारेका थिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर २ का वडा सदस्य फातिमा पठानी, वडा सदस्य पुष्पा कुमारी रैदास, आदर्श माबिका प्रधानाध्यापक अमृता प्रशाद यादव, शिक्षक साहजराम साहु र नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका नबिन बुढा क्षेत्री का साथै फ्रिडम किट ब्याग्स परियोजनाका लेखा अधिकृत प्रदिप बोहराको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नरैनापुर स्वास्थ्य शाखाका नबिन बुढा क्षेत्रीले कार्यक्रममा आफ्नो भनाई राख्दै बास नेपालले निशुल्क प्रदान गरेको किट ब्याग्सलाई सही सदुपयोग गर्न सहभागीहरलाई सुझाव दिए । महिलाहरुको महिनावारी समस्याको बिषय लाई बास नेपालले आफ्नो पालिकालाई छनौछ गरेकोमा आयोजक संस्था बास नेपाललाई धन्यवाद दिए ।
त्यस्तै कार्यक्रमका अर्का अथिति आदशै माबिका शिक्षक साहजराम साहुले बजारमा पाईने सेनेटरी प्याड बाट रोगको संक्रमण बढ्ने खतरा संगसंगै पैशाको पनि बचत गर्न सकिने भएकाले बास नेपालले निशुल्क रुपमा बितरण गरेको पुन प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड लाई सही सदुपयोग गर्नपर्ने बताए ।
कार्यक्रममा अर्का अथिति नरैनापुर गाउँपालिका वडा नम्बर २ का वडा सदस्य पुष्पा कुमारी रैदासले कार्यक्रममा बोल्दै आफ्नो वडामा महिला तथा किशोरीहरुलाई लक्षित गरी बितरण गरिएको फ्रिडम किट ब्याग्सले आ्फ्नो समुदायका महिलाहरुलाई धेरै नै राहत पुगेको बताईन् । साथै उनले कार्यक्रममा उपस्थित सहभागीहरुलाई प्राप्त किट ब्याग्सको सही सदुपयोग गर्न पनि सुझाईन् ।
कार्यक्रमका सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले प्रकाश पारेका थिए भने बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij