काठमाडौं– तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
१७ वर्षअघि फर्जी कागजातका आधारमा पाँच जना तिब्बती शरणार्थीलाई ट्राभल डकुमेन्ट दिलाएको अभियोगमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो।
मुद्दा दर्ता हुँदा उनी अनुपस्थित रहेकाले अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीका अनुसार अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएका भट्टराईलाई थप कानुनी प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij