२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण

वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण

555
Shares

वीरगन्ज (पर्सा), १७ साउनः पर्साको वीरगन्ज महानगरपालिका–२६ स्थित इनर्वामा वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ ।

यहाँ आयोजित एक कार्यक्रमबीच शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले दुवै भवनको उदुघाटन गर्नुभयो । उहाँले नवनिर्मित वडा कार्यालय र स्वास्थ्यचौकी भवनले सेवा प्रवाहमा सहज हुने बताउनुभयो । आफू वडा नं २६ को जनता तथा वडा कार्यालयलाई सहयोग गर्न सधैँ तयार रहेको आलमले बताउनुभयो ।

वीरगन्ज–२६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिकास्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन र प्रदेशको योजनाअन्तर्गत स्वास्थ्यचौकी भवन निर्माण भएको बताउनुभयो । ती भवन रु एक करोड १० लाखको लागतमा निर्माण भएका हुन् । वडाध्यक्ष मिश्राले वडा कार्यालयसँगै निर्माण भएको स्वास्थ्यचौकी भवनले एउटै ठाउँबाट वडावासीले सेवा पाउन सहज हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij