२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रसुवाको भोटेकोसी नदीमा ईभी गाडीसहित चालक बेपत्ता

रसुवाको भोटेकोसी नदीमा ईभी गाडीसहित चालक बेपत्ता

710
Shares

काठमाडौँ- चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी आज साँझ भोटेकोसीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ ।

रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।

सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौँ ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्र नजिक भोटेकोसीमा खसेको सहायक प्रजिअ अधिकारीले बताए ।

घटनाको सूचना पाउँनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको र भौगोलिक असहजतालाई कुनै प्रवाह नगरी खोजीकार्य तीव्र रूपमा भइरहेको समेत सहायक प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij