२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिल बिजक नराख्नेलाई विभागको जरिवाना

बिल बिजक नराख्नेलाई विभागको जरिवाना

490
Shares

काठमाडौँ- स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । आज विभागले कुल आठ वटा फर्ममा स्थलगत अनुमगन गरेको थियो । त्यसमध्ये सात वटालाई सुधारात्मक निर्देशन दिएको छ ।

विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुमगन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij