काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको १३ हजार २५८ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको भएपनि आवेदन नपरेकाले उक्त सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।
लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई नवलपरासी गैडाकोटमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।
लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। संस्थापक सेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुने जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij