काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १२ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij