काठमाडौं -फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आकर्षक सुधार देखिएको छ।
चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१० करोड ९८ लाख रुपैयाँ) तुलनामा ७३.६४ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष २१ करोड १६ लाख रुपैयाँ रहेकोमा यस वर्ष ७.४७ ले वृद्धि भई २२ करोड ७४ लाख पुगेको छ।
लघुवित्तको सञ्चालन नाफा १५ करोड ७६ लाखबाट वृद्धि भई २७ करोड २७ लाख पुगेको छ। नाफामा आएको यो उछालको मुख्य कारण लघुवित्तले खराब कर्जा फिर्ता गराउन सक्नु र ब्याज खर्चलाई नियन्त्रणमा राख्नु हो।
लघुवित्तको नाफामा भएको वृद्धिले शेयरधनीहरूको लाभांश पाउने क्षमतामा पनि प्रत्यक्ष सुधार ल्याएको छ। असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९ करोड ३ लाख रुपैयाँको तुलनामा ५०.७६ प्रतिशत बढी हो। यस आधारमा लघुवित्तको वार्षिक प्रति शेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ १३ पैसा पुगेको छ।
निष्क्रिय कर्जालाई फर्स्ट माइक्रोफाइनान्सले उल्लेख्य रूपमा घटाएको छ। अघिल्लो वर्ष ३.८४ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घट्दै २.८८ प्रतिशतमा झरेको छ।
लघुवित्तले आफ्नो ब्याज खर्च व्यवस्थापनमा राम्रो प्रगति गरेको छ। अघिल्लो वर्ष ६.२२ प्रतिशत रहेको ‘कस्ट अफ फन्ड्स’ गत वर्ष घटेर ४.७५ प्रतिशतमा ओर्लिएको छ। यसैगरी आधार दर पनि ७.५६ प्रतिशतबाट घटेर ६.४१ प्रतिशत कायम भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij