२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोड जरिवाना

घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोड जरिवाना

575
Shares

काठमाडौँ – विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको अभियोगमा साढे आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ रहेको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको अभियोगमा पौडेललाई कैद सजाय तोकेको हो।

अदालतले घुस दिएको अभियोग लागेका व्यवसायी दीपक आनन्दलाई पनि आठ वर्ष कैद सजाय हुने फैसला गरेको छ। साथै, सरकारी विशिष्ट श्रेणीको पदमा रहेर भ्रष्टाचार गरेको ठहर गर्दै पौडेलको सजायमा थप छ महिना कैद थप गरिएको छ।

विशेष अदालतले बरामद रकम नभएको अवस्थालाई आधार बनाउँदै दुवै प्रतिवादीबाट बिगो कायम नगरेको जनाएको छ। तर घुस कारोबारमा उल्लेख भएको तीन करोड आठ लाख रुपैयाँलाई दुई जनाबीच बराबर बाँडफाँट गरी प्रतिव्यक्ति एक करोड ५४ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij