२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा एभरेष्ट कलरको आईपीओ सूचीकृत

नेप्सेमा एभरेष्ट कलरको आईपीओ सूचीकृत

725
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत भएको छ। आज बिहिबार कम्पनीको ३० लाख कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा वितरण गरिएको ७ लाख ९० हजार कित्ता (२६.३३ प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख १० हजार कित्ता (७३.६७ प्रतिशत) गरी जम्मा ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

शेयर सूचीकृत भएपछि शुक्रबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। शुक्रबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (ECL) सिम्बलबाट कारोबार हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij