२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई अर्थमन्त्रीले बनाए राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक

आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई अर्थमन्त्रीले बनाए राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक

1K
Shares

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशकलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् ।  शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वाग्लेले उनलाई अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा डा.आस्था भट्टलाई नियुक्त गरेका हुन् ।

बैंकमा नियुक्त भएकी भट्ट इन्सिच्युड अफ इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिजकी कार्यक्रम विशेषज्ञ हुन् । अर्थमन्त्री बन्नु अघिसम्म पनि स्वर्णिम वाग्ले सोही संस्थामा चेयरम्यान एमिरेटस थिए ।

अर्थमन्त्री डा. वाग्ले आफूले गर्ने नियुक्तिहरु मेरिटोक्रेसीमा आधारित हुने बताउने गर्छन् । त्यस्तै, स्वार्थको द्वन्द्वलाई रोक्न कानुन नै ल्याउने घोषणा पनि उनले गरेका थिए ।

तर, आफ्नै नेतृत्वको संस्थाको कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गर्नुले स्वार्थको द्वन्द्व हुने एक उच्च सरकारी अधिकारी नै बताउँछन् ।

स्वार्थको द्वन्द्व भनेको कुनै पद धारण गरेको व्यक्तिले व्यावसायिक काम गर्दा व्यक्तिगत, आर्थिक वा सामाजिक स्वार्थहरु देखिनु हो ।

अर्थमन्त्री वाग्लेले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेका अन्यमा डा. सुमन दाहाल, हुमबहादुर आले, घुरन ठाकुर, गंगाप्रसाद ज्ञवाली र लक्ष्मण ज्ञवाली छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij