काठमाडौं – अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठमा महँगी झन्डै दोब्बर बढेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मासिक आधारमा यो जेठमा औसत मूल्यवृद्धि ५.२२ प्रतिशत छ। गत वर्ष जेठमा यस्तो वृद्धिदर २.७२ प्रतिशत थियो।
चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिना (साउनदेखि जेठसम्म) को औसत मूल्यवृद्धि दर २.८९ प्रतिशत छ। गत आर्थिक वर्ष २०८१–८२ को यो अवधिसम्मको औसत मूल्यवृद्धि ४.२३ प्रतिशत थियो।
चालु आर्थिक वर्षमा मूल्यवृद्धि वार्षिक औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ। यो ११ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा फलफूलमा १७.४० प्रतिशत, घ्युतेलमा सबैभन्दा धेरै १५.१० प्रतिशत, माछामासुमा ५.२६ प्रतिशत र तरकारीमा ४.१४ प्रतिशत मूल्यवृद्धि भएको छ।
दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशत घटेको छ। गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा १६.६८ प्रतिशत, यातायात १५.३१ प्रतिशत, मदिरा तथा पेय पदार्थको ७.२०, शिक्षा ५.५४ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको मूल्य ५.५३ प्रतिशत मूल्य बढेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij