२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से ३०.६० अंकले घट्यो, ७ अर्ब ४६ करोडको कारोबार

नेप्से ३०.६० अंकले घट्यो, ७ अर्ब ४६ करोडको कारोबार

420
Shares

काठमाडौं–  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ को विन्दुमा झरेको छ। यसदिन सूचीकृत ३६८ कम्पनीहरूको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज १३ वटै उपसूचक राताम्मे बन्दा जम्मा २२ कम्पनीको शेयरमूल्य बढेको छ भने २४९ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०७९ ८८ को इकाई कारोबार भएको छ । आज यसको ४८ करोड ४६ लाख रुपैयाँको इकाई कारोबार भएको हो । एनआइसी एशिया डिबेञ्चर २०८५ ८६ को ४६ करोड ६५ लाख रुपैयााको इकाई कारोबार भएको छ । एभरेष्ट बैंक डिबेञ्चरको ३७ करोड १० लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij