२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकपको २०२६ : कोलम्बियालाई पेनाल्टी सुटआटमा हराउँदै स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा प्रवेश

फिफा विश्वकपको २०२६ : कोलम्बियालाई पेनाल्टी सुटआटमा हराउँदै स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा प्रवेश

555
Shares

काठमाडौं- स्विट्जरल्यान्ड फिफा विश्वकपको २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले विजयी हुँदै स्विट्जरल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो।

निर्धारित समय र अतिरिक्त समयसम्म खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लाग्यो। स्विट्जरल्याण्डले क्वाटरफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। स्विस गोलकिपर कोबेलले कोलम्बियाका कुचो हेर्नान्डेजको निर्णायक पेनाल्टी रोकेपछि स्विट्जरल्यान्ड जिततर्फ अग्रसर भएको थियो।

सुटआउटमा कोलम्बियाका डेभिन्सन सान्चेजको प्रहार क्रसबारमा लाग्दा स्विट्जरल्यान्डका मानुएल अकान्जीले पनि अवसर गुमाएका थिए। त्यसपछि ग्रानिट झाका, जेकी अम्दौनी, सेड्रिक इट्टेन र रुबेन भार्गासले सफल पेनाल्टी प्रहार गर्दै स्विट्जरल्यान्डलाई ऐतिहासिक जित दिलाए।

यस जितसँगै स्विट्जरल्यान्ड १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो। अब उसले उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij