२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

625
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । एक वर्ष अवधिका लागि ऋणपत्र जारी गर्न लागिएको हो । राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा ५ करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
सावाँ तथा ब्याज भुक्तानी २०८४ सालको असार २३ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij