काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२९ अकंले घटेर २६२७.११ बिन्दुमा कायम भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३४ अंक घटेको छ।
आज ३५६ कम्पनीको ७५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो । यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । सोमबार वाणिज्य बैंक समूहको १.०६ प्रतिशत, विकास बैंकको ०.३० प्रतिशत र फाइनान्स समूहको १.२४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ५३ करोड ९४ लाख रुपैयाँको शेयर भएको छ । सेन्ट्रल फाइनान्सको १५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij