२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : अमेरिका विश्वकपको अन्तिम १६ मा बोस्नियाहर्जगोभिना बाहिरियो

फिफा विश्वकप २०२६ : अमेरिका विश्वकपको अन्तिम १६ मा बोस्नियाहर्जगोभिना बाहिरियो

640
Shares
United States' Christian Pulisic (10) dribbles away as from Bosnia's Sead Kolasinac (5) pulls on his jersey during the World Cup round of 32 soccer match between the United States and Bosnia in Santa Clara, Calif., near San Francisco, Wednesday, July 1, 2026. (AP Photo/Julio Cortez)

काठमाडौं-फिफा विश्वकप २०२६ अन्तर्गत सह–आयोजक अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। अमेरिकाको जितमा फोलारिन बालोगन र मालिक टिलम्यानले एक–एक गोल गरे। बालोगनले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो।

खेलको ४५औँ मिनेटमा टिम रिमले मध्यभागमा विपक्षीको गोलकिक रोकेपछि मालिक टिलम्यानको पासमा बालोगनले बायाँ खुट्टाले सुन्दर गोल गर्दै अमेरिकालाई अग्रता दिलाए।

तर ६४औँ मिनेटमा तारिक मुहरेमोभिचमाथि फाउल गरेपछि बालोगनले रातो कार्ड पाए र अमेरिका बाँकी समय १० खेलाडीमा खेल्न बाध्य बन्यो। ८२औँ मिनेटमा बक्सबाहिरबाट प्राप्त फ्रिकिकमा टिलम्यानले प्रहार गरेको बल गोलकिपर निकोला भासिल्जको हातमा लाग्दै जाली चुमेपछि अमेरिकाले २–० को सुरक्षित अग्रता बनायो।

यस जितसँगै अमेरिकाले अन्तिम १६ मा सोमबार सिएटलमा बेल्जियमको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij