२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

फिफा विश्वकप २०२६ : इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

425
Shares

काठमाडौं – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत आज सम्पन्न खेलमा सह–आयोजक मेक्सिकोले इक्वेडरमाथि २–० को सानदार जित निकाल्दै अन्तिम १६ (राउन्ड अफ १६) मा आफ्नो स्थान सुरक्षित गरेको छ।

मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्तेकामा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै गरेको दुई गोल नै जितका लागि निर्णायक बन्यो। भारी वर्षा र चट्याङका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको यस खेलमा मेक्सिकोले सुरुदेखि नै आक्रामक रणनीति अपनाएको थियो।

खेलको २२औँ मिनेटमा मेक्सिकोका जुलियान क्विनोनेसले उत्कृष्ट गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाए।

मेक्सिकोले अब क्वाटरफाइनल प्रवेशका लागि आगामी आइतबार सोही मैदानमा इङ्गल्याण्ड वा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमध्ये एक टोलीको सामना गर्नेछ। पराजित इक्वेडर भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij