काठमाडौं – आज नेप्से परिसूचक ८.५० अंकले घटेर २,६५१ को विन्दुमा कायम भउको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३८ कम्पनीको ६४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ ।
सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ्ग मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, एभरेष्ट बैंक, अपी पावर कम्पनी, सेन्ट्रल फाइनान्स र साहस ऊर्जाको शेयर सर्वाधिक कारोबार भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij