२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

665
Shares

काठमाडौं- एनएमबि बैंक लिमिटेडले ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

यसअघि गत वैशाख १० गते ३५ दिने सूचना प्रकाशित गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन नआएका सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij